फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि

पाेखरा | माघ ८, २०८२

फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि

पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय फुटबलको उपाधि हात पारेको छ ।


बुधवार सम्पन्न विद्यालयस्तरीय फुटबलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटबलको उपाधि हात पारेको हो ।


त्यसैगरी टोल तथा क्लबस्तरीय फुटबलमा स्यानी मजुवा टोल बिकास संस्था बसुन्धरा मार्ग  दिब्यज्योती क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडी आयोजना गरिने खेलुकद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए ।


विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा सेंट फ्रान्सिसको दबदबा


महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेंट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ ।


छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै सुकराज बालभद्र विद्यालय फाइनलमा प्रवेश ग¥यो ।


छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित ग¥यो । फाइनल खेलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो ।


छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित ग¥यो ।


छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। फाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।


त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि  महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए । 


त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दुरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल बिकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हाँसिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल बिकास संस्थाका तिल बहादुर रानाले शान्तवना स्थान हाँसिल गरे ।


त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन ।


त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दुरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँसिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले शान्तवना स्थान हाँसिल गरिन । 


त्यसैगरी क्लव तथा टोल बिकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए ।


त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी  ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन । जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्